मेक अप प्रतियोगिता हुँदै

मेक अप प्रतियोगिता हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २२ भदौ । नेपाल भरीका ब्यूटीसीयन, मेकअप आर्टिष्ट, फ्रिलान्सर मेकअप आर्टिष्टहरुलाई समेटेर पहिलो पटक नेपाल मेकअप कम्पिटिसन आयोजना हुने भएको छ ।

भदौं ३१ गते त्रिपुरेश्वर स्थित वल्र्ड ट्रेड सेन्टरको कर्मा लन्जमा आयोजना हुने यो प्रतियोगिताले नयाँ प्रतिभालाई एक्सपोजन दिने आयोजकले अनुमान गरेका छन् ।

जुम ब्यूटी एकेडमीले आयोजना गर्न लागेको यो प्रतियोगिताको अडिसन भदौं १० देखि १७ गतेसम्ममा सम्पन्न गरेको थियो । अडिसनमा काठमाडौं लगायत धनगढी, इटहरी, धरान, सुर्खेत, वीरगंज, नवलपरासी, सोलुखुम्बु, जनकपुर, चितवन, सिन्धुपाल्चोक, झापा र पोखरा लगायतका ब्यूटीसीयनले भाग लिएका थिए । फाइनल चरणमा विजेता हुने ब्यूटीसीयनलाई म्युजिक भिडियोमा काम गर्ने अवसर प्राप्त हुने छ भने पत्रिका तथा म्यागेजिनहरुमा मेकअप गर्ने अवसर पनि पाउने छन् ।

Skip This
Skip This
Logo