काठमाडौं , २२ , भदौ
दलहरुले आपसि गठबन्धन गर्ने चर्चा रहे पनि स्थानीय तहको तेस्रो चरणको चुनावमा सत्ता समर्थक दलहरू बीचको ‘गठबन्धन’ बनाउने प्रयास विफल भएको छ । प्रमुख विपक्षी एमाले बाहेक तुलनात्मक रूपमा नजिक रहेका कांग्रेस, माओवादी केन्द्र, राजपा, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक लगायत दलहरूको गठबन्धन प्रयास भए पनि बुधबारको उम्मेदवारी दर्तामा त्यो देखिएन । तीनवटा स्थानीय तह बाहेक सबैमा दलहरूले आ–आफ्ना उम्मेदवारी दिएका छन् । धनुषाको मिथिला र बाराको निजगढमा कांग्रेस र माओवादी केन्द्र तथा सप्तरीको रूपनी गाउँपालिकामा राजपा र संघीय समाजवादी फोरमबीच तालमेल भएको छ । त्यस बाहेक अन्य स्थानका प्रमुख पदमा सबै दल एक्ला एक्लै भिडदै छन् ।
कान्तिपुरबाट































प्रतिक्रिया