काठमाडौं , २२ , भदौ
सरकारबाट अनुमति पाएका बैंकहरूले ल्याएको सुन भन्दा तस्करी सुनको गुणस्तर राम्रो भएपछि व्यापारीको ध्यान त्यसतर्फ केन्द्रित हुँदै गएको छ । बैंकिङ च्यानलबाट आयात भएको सुनबाट गहना बनाउँदा जर्ती बढी जाने भएकाले कम नाफा हुने गरेको छ । तस्करीको सुनको गुणस्तर राम्रो भएपछि व्यापारीहरुले बैंकसँग सुन किन्न मन नपराउने नेपाल रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जन बताउँछन् । उनले भने, “भन्सार नतिरेका कारण तस्करी भएर आएको सुन सस्तो पनि भयो । त्यसमाथि शुद्धता बढी भएका कारण नाफा पनि बढी भयो ।” अर्कोतर्फ गत जेठ देखि राष्ट्र बैंकले सानो परिमाणमा सुन किन्न पाउने व्यवस्था नगर्दा सम्म व्यापारीले एक किलोभन्दा कम तौलको सुन किन्न पाउँदैन थिए। यसको फाइदा समेत तस्करले उठाउँदै आएका थिए । अहिले बैंकिङ च्यानलबाटै सय ग्राम सम्म सुन किन्न पाइन्छ ।
अन्नपूर्णपोष्टबाट































प्रतिक्रिया