बनेपा, २२ , भदौ
सामूहिक बलात्कारका कारण एक साता अघि एक महिलाको मृत्यु भएको घटनाका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । बलात्कारका क्रममा अचेत भएकी ती महिलाको अचेत अवस्थामै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको पाइएको छ । “अझै विस्तृत अनुसन्धान जारी छ, यो घटनामा अझै केहीको संलग्नता भए उनीहरुलाई पनि ल्याउँछौँ” – प्रहरी उपरीक्षक सहकुल थापाले भने । बनेपामा जडान गरिएको सिसी टिभी क्यामेरा फुटेजको सहयोगमा खोजी गरी प्रहरीले ती अभियुक्तलाई फरक फरक मितिमा फरक फरक स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेका सबैले प्रहरीसामु आफूहरु बलात्कारमा संलग्न भएको बयान दिएका छन् ।
रिक्सा चलाउने र प्लम्बरको काम गर्ने भूम्लुटार गाउँपालिका–३ बस्ने ३२ वर्षीय राजु भन्ने गोपाल परियार, धुलिखेल नगरपालिका–७ बस्ने ३० वर्षीय हमाल भन्ने साधुराम विक, नमोबुद्ध नगरपालिका निवासी २७ वर्षीय ठूलोभाइ भन्ने महेश परियार, सिन्धुपाल्चोकको मेलम्ची–१४ बस्ने ३२ वर्षीय कुलबहादुर भन्ने सीताराम थापा, रामेछापको लखनपुर–१ बस्ने २४ वर्षीय प्रकाश परियार र सोही जिल्लाको नाग्रेगर्गचे–१ बस्ने सञ्जय भन्ने ३३ वर्षीय दिलबहादुर प्रधानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बनेपा नगरपालिका–८ स्थित इँट्टाभट्टा नजिकै एक साताअघि मकैबारीमा मृत अवस्थामा फेला परेकी बनेपा–१० बस्ने ५७ वर्षीय नानु आलेमगरमाथि सामूहिक बलात्कार भएको अनुसन्धानबाट खुलेको छ । ती महिलासँग अभियुक्तहरुको विगतमा पनि यौन सम्बन्ध रहेको बताइन्छ ।
राजधानीबाट





























प्रतिक्रिया