काठमाडौं, २२ , भदौ
संस्कृतिविद् डा. सत्यमोहन जोशीलाई वाङ्मय शताब्दी पुरुष सम्मान प्रदान गरिने भएको छ । डा. जोशीलाई ३० भदौमा अभिनन्दन समेत गरिने बताइएको छ । "/>

सत्यमोहनलाई वाङ्मय शताब्दी पुरुष सम्मान प्रदान गरिने

सत्यमोहनलाई वाङ्मय शताब्दी पुरुष सम्मान प्रदान गरिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २२ , भदौ
संस्कृतिविद् डा. सत्यमोहन जोशीलाई वाङ्मय शताब्दी पुरुष सम्मान प्रदान गरिने भएको छ । डा. जोशीलाई ३० भदौमा अभिनन्दन समेत गरिने बताइएको छ । नेवाः जागरण मञ्चको संयोजनमा लक्ष्मीदास मानन्धरको संयोजकत्वमा स्थापित ‘वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी सम्मान’ समितिले अभिनन्दन गर्न लागेको हो ।

काठमाडौं महानगरपालिकाको सहयोगमा हुन लागेको सम्मान कार्यक्रम ३० भदौमा राष्ट्रिय सभागृहमा हुने आयोजकले जनाएको छ । सम्मानपूर्व दिउँसो १ बजे वसन्तपुरबाट विशेष झाँकी साथ डा. जोशीलाई नेपाली सेनाको बग्गीमा राखेर नगरपरिक्रमा गराइनेछ । र्यालीमा सांस्कृतिक बाजागाजासाथ विभिन्न सांस्कृतिक झाँकीको प्रदर्शन हुने जनाइएको छ । धिमे, बाँसुरी, धाः बाजासहित विभिन्न सांस्कृतिक कार्यक्रम समेत गरिनेछ । डा. जोशीको सम्मान धार्मिक विधि अनुसार गरिने कार्यक्रम रहेको समितिका सदस्य सुजीव बज्राचार्यले जानकारी दिए । कार्यक्रममा जनकवि दुर्गालाल श्रेष्ठद्वारा लिखित ‘वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको जीवनी तथा उनले अहिलेसम्म गरेका योगदानको झलक पुस्तकहरूको प्रदर्शनी’ पनि हुने बज्राचार्यले बताए ।

नयाँपत्रिकाबाट

Logo