वीरगन्ज, २२ , भदौ
प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगन्जको मेयर पदका लागि २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । असोज २ गते हुने स्थानीय तहको तेश्रो चरणको निर्वाचन कार्यतालिका अनुसार बुधबार राति अबेर सम्म चलेको मनोनयन दर्तामा वीरगन्ज महानगरपालिकाको मेयरमा २१ र उपमेयरमा १० जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी दिए।
वीरगन्ज महानगर मेयरका लागि मनोनयन दर्ता गराउनेमा नेपाली काँग्रेसको तर्फबाट अजय द्विवेदी , एमालेको तर्फबाट बसरुद्धिन अन्सारी, माओवादी केन्द्रको तर्फबाट रहबर अन्सारी, संघीय समाजवादी फोरम नेपालका तर्फबाट विजय सरावगी, राष्ट्रिय जनता पार्टी (राजपा) का तर्फबाट राजेशमान सिंह र नेपाल लोकतान्त्रिक फोरमका तर्फबाट विमल श्रीवास्तव रहेका छन्।
अन्नपूर्णपोष्टबाट





























प्रतिक्रिया