धेरै पछि बोले युवराज लामा (भिडियो वार्ता)

धेरै पछि बोले युवराज लामा (भिडियो वार्ता)

केन्द्रबिन्दु
0
Shares

जयदेव गौतम । काठमाडौं, २१ भदौ ।

त्यसो त युवराज लामा तीन कोटी नेपालीमा अरू धेरैजनासित नाम मिल्ने वा नमिल्ने एउटा आम नेपाली नागरिक हुनसक्छन् । तर हामी यहाँ जसको उल्लेख गर्दैछौं, उनी आमस्तरभन्दा माथि उठिसकेका एकजना संवेदनशील व्यक्तित्व हुन् । मुलुकको राष्ट्रिय परिदृश्यमा उनले आफ्नो एक पहिचान बनाएका छन्, एक स्वभाव देखाएका छन् र एक छाप छोडेका छन् ।

यी युवराज लामा जसको हामी यहाँ चर्चा गर्दैछौं, उनका एक होइन अनेक व्यक्तित्व छन् । उनी नेपालको चलचित्र क्षेत्र र खेलकुद जगतका उपेक्षा गर्न नमिल्ने र नसकिने विशिष्ट पात्र हुन् । एक समयका चर्चित कराते खेलाडी, अनि चलचित्र क्षेत्रका नायक–खलनायक–निर्माता–निर्देशक, अनि पार्टीगत राजनीतिकर्मी र नेपाली खेलक्षेत्रको सर्वोच्च व्यवहारिक निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) का शक्तिशाली सदस्य–सचिव ।

पछिल्लो समय राखेप सदस्य–सचिवका रूपमा चार वर्षे कार्यकाल पूरा गरी उनी फेरि उही राजनीति र आफ्नो व्यवसायतिर फर्केका हुन् । यही सेरोफेरोमा खेलकुदलाई केन्द्रबिन्दु बनाई हामीले युवराज लामासित विस्तृत भिडियो कुराकानी गरेका थियौं । त्यसकै सम्पादित अंश–

 

 

Logo