काठमाडौं, २१, भदौ
अब देखि श्रीमतीलाई जबर्जस्ती करणी गरे श्रीमानले जेल जानुपर्ने भएको छ । जबर्जस्ती करणी गर्ने श्रीमान् पाँच वर्ष जेल जानुपर्ने कानुन संसदबाट पास भई प्रमाणीकरणको क्रममा छ । फौजदारी कसुर सम्बन्धी नयाँ कानुनमा यस्तो व्यवस्था गरिएको हो । हाडनातामा करणी गर्नेलाई जन्मकैद सम्मको सजाय तोकिएको छ । १८ वर्षमुनिका युवतीसँग मञ्जुरीमै शारीरिक सम्बन्ध राखे पनि करणी गरेको ठहरिनेछ । जबर्जस्ती करणी गर्नेलाई महिलाको उमेर हेरी सजाय निर्धारण गरिएको छ ।
मुलुकी ऐन प्रतिस्थापनका लागि ल्याइएको फौजदारी कसुर सम्बन्धी नयाँ कानुनमा करणी सम्बन्धी नयाँ व्यवस्था गरिएको हो । यो कानुन संसदबाट पारित भइसके पनि राष्ट्रपतिबाट प्रमाणीकरण हुन बाँकी छ । राष्ट्रपतिले यो कानुन प्रमाणीकरण गरेमा १, भदौ ०७५ बाट मात्र कार्यान्वयनमा आउनेछ ।
नयाँपत्रिकाबाट































प्रतिक्रिया