काठमाडौं, २१, भदौ
सत्तारूढ प्रमुख दुर्इ दल कांग्रेस र माओवादी केन्द्रले स्थानीय तहको चुनावी तालमेललाई तेस्रो चरणमा पनि निरन्तरता दिएका छन् ।
उम्मेदवारी मनोनयनको अघिल्लो दिन मंगलबार साँझ सम्म चार वटा नगरपालिकामा तालमेल गरिसकेको छ । अन्य नगर र गाउँपालिकाको तालमेलबारे राति अबेर सम्म छलफल जारी छ । दुवै पार्टी भित्र आन्तरिक विवादका कारण अन्तिम समयमा फेरबदल नभए बुधबार हुने उम्मेदवारी दर्ताका क्रममा तालमेलबाट उम्मेदवार खडा हुनेछन् । धनुषाको मिथिला र बाराको निजगढ नगरपालिकामा कांग्रेसका प्रमुख, माओवादीका उप्रमुख तथा सर्लाहीको लालबन्दी र बाराको जितपुर सिमरा उपमहानगरमा माओवादीका प्रमुख, कांग्रेसका उपप्रमुख हुने गरी तालमेलको अन्तिम तयारी भएको बताइएको छ । त्यसबाहेक गोलबजार, हरिवन, मिर्चैया, कर्जन्नाह लगायतका नगरपालिकामा पनि तालमेल गर्नेबारे छलफल भइरहेको छ ।
कान्तिपुरबाट





























प्रतिक्रिया