काठमाडौं, २१, भदौ
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा वीच हिजो भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा प्रधानमन्त्री देउवाले आफ्नो हालै सम्पन्न भारत भ्रमणका विषयमा जानकारी गराएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
भारत भ्रमणका क्रममा प्रकाशित संयुक्त विज्ञप्तिमा उल्लेख भएका बुँदा, कोशी परियोजनामा नेपाली जनताले पाउनु पर्ने मुआब्जा, डुबान समस्या निराकरण गर्न संयुक्त प्राविधिक टोली बनाउने लगायत अन्य समसामयिक विषयमा प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराएका थिए । भेटमा परराष्ट्र मन्त्रालयका सचिव लगायत उच्चसरकारी अधिकारीको समेत उपस्थिति थियो । रासस
तस्वीर : राष्ट्रपतिको कार्यालय































प्रतिक्रिया