काठमाडौं, २१, भदौ
स्थानीय तहमा कर्मचारी खटाउने विषयलाई लिएर सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेत र सचिव मोहनकृष्ण सापकोटाबीच विवाद चर्किएको छ । सचिव सापकोटाले स्थानीय तहमा खटाएका कर्मचारीको सरुवा स्थगित गरेपछि मन्त्री र सचिवबीचको विवाद सतहमा आएको हो । मन्त्रालयले १४ भदौमा विभिन्न श्रेणीका २३४ कर्मचारीलाई स्थानीय तहमा पठाउने गरी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सरुवा गरेको थियो । सो सरुवा निर्वाचन आचारसंहिता विपरीत भएको भन्दै निर्वाचन आयोगले तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको थियो । आयोगको पत्र देखाउँदै सचिव सापकोटाले सरुवा स्थगित गरेको भन्दै सबै मन्त्रालयमा पत्राचार गरेपछि मन्त्री बस्नेत रुष्ट बनेका हुन् । सचिव सापकोटाले सोमबार सबै मन्त्रालयलाई पत्र लेखेर १४ भदौमा गरिएको सरुवा निर्णय स्थगित गरेको जानकारी दिएका थिए ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया