महभिरमा सडक भास्सिएपछि यातायात सञ्चालनमा कठिनाइ

महभिरमा सडक भास्सिएपछि यातायात सञ्चालनमा कठिनाइ

केन्द्रबिन्दु
0
Shares

चौतारा, १८ भदौ ।

अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे नगरपालिका–९ स्थित महभिरमा करिब १०० मिटर सडक भास्सिएपछि यातायात सञ्चालनमा कठिनाइ भएको छ ।

सडक भास्सिएपछि शनिबार बिहानदेखि काठमाडौँ बाह्रबिसे चल्ने सवारीसाधन रोकिएकाले सामान्य मर्मत गरी अपराह्न ४ः०० बजेबाट एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको बाह्रबिसे इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पञ्चकुमार बंखुले जानकारी दिएका छन् ।

सडकको भित्तोमा कडा चट्टान भएकाले भित्तो काट्न नसकेपछि सामान्य मर्मत गरी यातायात सञ्चालन गरिएकाले फेरि कतिबेला रोकिन्छ भन्ने अनुमान गर्न नसकिने स्थानीयवासीको भनाइ छ । त्यस ठाउँमा एक महिनादेखि नै सडक भास्सिन शुरु गरे पनि सामान्य मर्मतकै भरमा यातायात सञ्चालन हुँदै आइरहेको थियो ।

वर्षा हुने क्रम नरोकिएकाले भास्सिएको सडकमा अझ बढी क्षति पुग्ने सम्भावना छ । त्यस ठाउँमा भरपर्दो रूपमा काम हुन नसके नजिकै आउन लागेको नेपालीको महान् चाड बडादशैँमा घर फर्कनेलाई असर पुग्नसक्ने चिन्ता स्थानीयवासीको छ । रासस

Skip This
Skip This
Logo