काठमाडौं, १८ भदौ
मुलुकमा वार्षिक १२ अर्ब रुपैयाँको यार्सागुम्बा संकलन हुने अनुमान गरिए पनि सरकारी तथ्यांकले भने १४ वर्षको अवधिमा करिब १९ अर्बको मात्रै संकलन भएको देखाएको छ । "/>

यार्साको अनधिकृत व्यापार मौलायो

यार्साको अनधिकृत व्यापार मौलायो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १८ भदौ
मुलुकमा वार्षिक १२ अर्ब रुपैयाँको यार्सागुम्बा संकलन हुने अनुमान गरिए पनि सरकारी तथ्यांकले भने १४ वर्षको अवधिमा करिब १९ अर्बको मात्रै संकलन भएको देखाएको छ । यसबाट विगत १४ वर्षमा १ खर्ब ५० अर्ब रुपैयाँ बराबरको यार्सा संकलनबाट प्राप्त हुने राजस्व सरकारलाई घाटा भएको देखिन्छ ।

अधिकांश यार्सा गैरकानुनी तरिकाले व्यापार हुने भएकाले कम परिमाण देखिएको हो । यार्साको अनधिकृत व्यापार मौलाइरहेकाले यस्तो अवस्था देखिएको व्यापारी र सरकारी कर्मचारी दुवैले स्वीकार गरेका छन् । वन तथा भूसंरक्षण मन्त्रालयको तथ्यांक अनुसार सन् २००१ देखि २०१४ सम्ममा जम्मा १९ अर्ब रुपैयाँ मूल्य बराबरको यार्सा संकलन भएको छ । जडिबुटी व्यवसायीहरूले पनि कानुनीरूपमा भन्दा धेरैजसो यार्सागुम्बा गैरकानुनी रूपमा विक्री गरेको स्विकार गरेका छन् । चिनियाँ नाकामा सीमा सुरक्षाको अभाव, अनुगमनको कमी, भौगोलिक विकटताको फाइदा उठाउँदै अधिकांश यार्सा गैरकानुनी तवरले चीन पुगेको सरकारी अधिकारीहरूको भनाइ छ ।
कारोबारबाट

Skip This
Skip This
Logo