सिरहा, १७ भदौं । चुल्ठो काटिएर बेहोस भएकी एक महिलाको आज मृत्यु भएको छ । सिरहाको सुखिपुर नगरपालिका– ७ की अन्दाजी २५ वर्षीया लक्ष्मीनिया मुखियाको मृत्यु भएको हो ।
मुखियाको शुक्रबार दिउसो ४ बजेतिर चुल्ठो काटिएको र लगतै बेहोस भएपछि अस्पताल लागिएको परिवारले जनाएको छ । मुखियाको लहानस्थित ओम गुरुकुल पोलिक्लिनिकमा उपचारकै क्रममा मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय लहानका अनुसार बिगत दश दिनमा सिरहाका बिभिन्न ठाउँहरुमा गरि १५ जना भन्दा बढी महिलाको चुल्ठो काटिएको खबर प्राप्त भएको छ । मुखियाको मृत्युसंगै सिरहाको लहान, गोलबजार, मिर्चैया, सारश्वर लगायतका ठाउँमा त्रास थपिएको छ । चुल्ठो काटिएको घटना सार्वजनिक भएदेखि नै त्रसित स्थानीय महिलाहरु रातभर नसुती जागा बस्दै आएका थिए ।
तराइका विभन्न ठाउँमा यस्तो घटना भएको एक महिना बित्दा पनि सत्य तथ्य पत्ता लाग्न सकेको छैन । कतिपयले महिलाको कपाल अदृश्य शक्तिले काटेको बताउदै आएका छन् भने कतिपयले किराले काटेको बताउदै आएका छन् ।





























प्रतिक्रिया