राजविराज, १७, भदौ
निर्वाचन बहिस्कारको अभियान चलाउँदै आएको नेत्रबिक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शुक्रबार राजविराजमा बाढी पीडित पाँच परिवारलाई राहत प्रदान गरेको छ।
राहत प्रदान गर्दै जनकपुर व्युरो इन्चार्ज सन्देश पौडेलले आगामी असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन दृढतापूर्वक खारेज गर्ने उदघोष गरे। पुरानो राज्य सत्ता नफालेसम्म बाढी आइरहने र विकासका नाममा भ्रष्टाचार मौलाइरहने भन्दै उनले निर्वाचनको नाटक गर्ने बर्तमान राज्यसत्तालाई अस्विकार गर्दै वैकल्पिक राज्य सत्ता स्थापना गर्नु पर्ने बताए।
राजविराज जेसीज भवनमा आयोजित कार्यक्रममा बाढीबाट मृत्यु भएका डोमी यादवकी श्रीमती धना यादव, कमलु सदाका बुवा फुदन सदा, नथुनी रामका छोरा हरेराम राम, रामकुमार सदाका बुवा बेचन सदा र कमल मुखियाकी आमा रामकुमारी मुखियालाई जनही १० हजारका दरले उनले नगद रकम हस्तान्तरण गरे। निर्वाचन आचार संहिताको उल्लंघन गर्दै सो पार्टीले नगद समेत बाँडेको छ ।
अन्नपूर्णपोष्टबाट































प्रतिक्रिया