चितवन, १६ भदौ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश र संघको निर्वाचन एकै चरणमा हुनुपर्ने बताएका छन् ।
नेपाल दूरसञ्चार कर्मचारी संघको आठाँै केन्द्रीय परिषद्को आज पूर्वी चितवनको रत्ननगरमा उद्घाटन गर्दै उनले एकै चरणमा निर्वाचन हुँदा सबैलाई सहज हुने भए पनि सरकारले मंसिरमा चरणबद्ध निर्वाचन गर्न लागी जनता झुक्काउने काम गरेको दोषारोपण गरे । समय समयमा मिति सार्दै जाँदा निर्वाचन नहुने खतरा बढ्ने बताउँदै उहाँले सरकार निर्वाचन गराउनभन्दा पनि कर्मचारी भर्ना, सरुवा, बढुवामा लागेको आरोप लगाए ।
पर्यटक भित्र्याएर मुलुक समृद्ध बनाउनका लागि वार्षिक एक करोड पर्यटक भित्र्याउने तयारीमा लाग्न सरकारलाई आग्रह गरे । नेपाल टेलिकमका कर्मचारीलाई राजनीति छाडेर गुणस्तरीय सेवा दिनेतर्फ लाग्न उहाँले आग्रह गरे ।
सो अवसरमा संघका सल्लाहकार अशोक कर्ण र उपाध्यक्ष दामोदर केसी, कर्मचारी युनियनका अध्यक्ष राजकुमार मेहता, वर्कस युनियनका अध्यक्ष राजेन्द्र दाहाललगायतले बोलेका थिए । संघका केन्द्रीय अध्यक्ष राजबहादुर रावलको अध्यक्षतामा भएको परिषद् बैठक शनिबारसम्म चल्नेछ । रासस































प्रतिक्रिया