काठमाडौँ, १६ भदौ । नेपलीहरुको महान पर्व दसैंमा घर जाने यात्रुलाई ध्यानमा राखी सरकारले अग्रिम टिकट बुकिङ खुल्ला गर्ने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, यातायात व्यवस्था विभाग महानगरीय ट्राफिक प्रहरी परिसर र उपभोक्तावादीबीच शुक्रबार भएको छलफलमा केही सर्तहरु राखेर भदौं २२ गतेदेखि अग्रिम टिकट काट्ने सुविधा खुल्ला गरिएको हो ।
यातायात व्यवसायीले लामो दूरी र मध्यम दूरीमा यात्रा गर्दा बोक्ने सामान कहाँ राख्ने बिषयमा लामो छलफल भएको थियो । गत बर्षको कात्तिकमा मन्त्रिपरिषदको बैठकले लामो दुरी र मध्यम दुरीमा सञ्चालन हुने सवारी साधनको छतमा यात्रुले यात्रा गरेका कारण दुर्घटना निम्तिएको भन्दै सवारी साधनको छतमा यात्रु बोक्न र यात्रुको सामानसमेत बोक्न निषेध गरेको थियो ।
सरकारले हरेक वर्ष सर्वसाधारणको सुविधाका लागि दशैंअघि राजधानी छाड्नेहरुलाई अग्रिम बुकिङको सुविधा दिइरहेको छ । दशैंमा करिब २५ लाख यात्रु राजधानीबाट आफ्नो जन्मथलो जाने गरेको अनुमान छ ।































प्रतिक्रिया