काठमाडौं, १६, भदौ
नेपाल टेलिकमले बाढी प्रभावित २३ जिल्लामा निःशुल्क सिमकार्ड वितरण शुरु गरेको छ ।
झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, सिन्धुली, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, वाँके, वर्दिया, कैलाली र कञ्चनपुरमा भदौ १२ गतेबाट सिमकार्ड वितरण भइरहेको टेलिकमले जनाएको छ । ५० रुपैयाँको टकटाइम भ्यालू सहितको जिएसएम प्रिपेड सिमकार्डबाट एनटिसीकै नेटवर्क भित्र थप ५० मिनेट निःशुल्क कल गर्न समेत सकिने छ। साथै बाढी प्रभावित क्षेत्रका टेलिकमको सिमकार्ड प्रयोगकर्ताले आफूले प्रयोग गरिरहेको सिमकार्ड हराएको भए पनि त्यसको सट्टामा अर्को सिमकार्डसमेत निःशुल्क पाउने सकिने समेत टेलिकम जनाएको छ ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया