काठमाडौं, १६, भदौ
साविकको पोखरा गाँउविकास समितीकी सुनिता खड्काले २०६८ सालमा लोकसेवाको परिक्षा दिँदा ५२ पोखरी ५३ टाकुरीको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ ? भन्ने प्रश्नको उत्तर आँखा चिम्लीएर रुकुम भन्नेमा टिक लगाइन् ।
उनी हाल महिला वालवालिका कार्यालय रुकुममा कार्यरत छिन् । सुनिता मात्र होइन उनी जस्ता धेरै परिक्षार्थीहरुले रुकुमको सिस्ने हिमाल, कमल ताल, स्यार्पुताल, पुथा हिमाल, ढोरपाटन शिकार आरक्ष लगायतका पहिचानको बिषयमा पढे । उनीहरु मात्र होइन नेपालीको मानसपटलमा यहि शब्द थियो । देशभर चिनाउने रुकुमको पहिचानको रुपमा रहेको ५२ पोखरी ५३ टाकुरी अव इतिहास भइसकेको छ । पश्चिम रुकुममा स्यार्पुताल, डिग्रे शाईकुमारी, मुसिकोट, सानीभेरी लगायतका पर्यटकिय नामहरु छन् भने पुर्वी रुकुममा ५२ पोखरी ५३ टाकुरी, सिस्ने हिमाल, पुथा हिमाल, ढोरपाटन लगायतका पर्यटकिय नाम रहेका छन् । दुवै जिल्ला एक हुँदा रहेको पहिचान अहिले इतिहास भएको छ ।
नेपालको संबिधानमा रुकुम जिल्लालाई २ भागमा बिभाजन गरेपछि जिल्ला रुकुमलाई टुक्र्याउन नपाइने भन्दै रुकुममा धेरै आन्दोलन भए । त्यति मात्र होइन पुर्वी रुकुमलाई छुट्टै जिल्ला बनाइनुपर्छ भन्ने आन्दोलनहरु उत्तिकै भए । अन्ततः औपचारिक रुपमा रुकुम जिल्ला बिभाजन भयो । ७५ जिल्लाको देशमा ७७ जिल्ला भएसँगै रुकुम पनि पुर्वी र पश्चिम गरी दुई जिल्ला भएरै छाड्यो ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया