काभ्रे १६, भदौ
जिल्लामा डेढ महिनाको अवधीमा २७ जनाले आत्महत्या गरेका छन् । ०७४ साउन देखि भदौ १५ सम्ममा दैनिक जसो आत्महत्याका घटना भइरहेका छन् । "/>

काभ्रेमा आत्महत्याका घटनामा वृद्धि

काभ्रेमा आत्महत्याका घटनामा वृद्धि

केन्द्रबिन्दु
0
Shares

काभ्रे १६, भदौ
जिल्लामा डेढ महिनाको अवधीमा २७ जनाले आत्महत्या गरेका छन् । ०७४ साउन देखि भदौ १५ सम्ममा दैनिक जसो आत्महत्याका घटना भइरहेका छन् । एकै परिवारका ४ जना, दम्पती र १७ बर्षीय युवतीदेखि ६२ बर्षीया महिलासम्मले आत्महत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी महेन्द्र मरासिनीका अनुसार ४५ दिनभित्रमा १४ जनाले झुण्डिएर र १३ जनाले बिष सेवन गरी आत्महत्या गरेका छन् । ०७४ साउन ६ गते बनेपा पुरानो बसपार्कस्थित गौतम भोजनालयमा एकै परिवारका चार जनाले बिष सेवन गरी आत्महत्या गरेका थिए । साउन ११ गते धुलिखेल ८ बडालगाउँमा ३२ बर्षीय भैरव भनिने सोमप्रसाद बडाल र उनकी कान्छी श्रीमती १८ बर्षीय मनिषा दाहाल रुखमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।  

कान्तिपुरबाट

Skip This
Skip This
Logo