काठमाडौं १६, भदौ
नेपाल आयल निगमको जग्गा खरिदमा कम्तीमा १ अर्ब २६ करोड रुपैयाँ भन्दा बढीको अनियमितता भएको भेटिएको छ । निगमले झापा, सर्लाही, चितवन र रूपन्देहीमा गरेको जग्गा खरिदका क्रममा तयार भएको फाइल अध्ययन गर्दा जग्गा दलाल प्रयोग गरी प्रचलित मूल्यको तुलनामा महँगोमा खरिद गरेको पुष्टि भएको हो । यथार्थपरक अनुसन्धान हुने हो भने अनियमितताको आकार २ अर्ब भन्दा बढी पुग्ने स्थलगत अध्ययनमा संलग्न सांसदहरू बताउँछन् । निगमले चार ठाउँको जग्गा खरिदमा २ अर्ब ३४ करोड रुपैयाँ खर्च गरेको मध्ये खरिदको आधा रकम दुरुपयोग भएको आशंका छ । अध्ययनअनुसार कम्तीमा पनि झापामा ४१ करोड, सर्लाहीमा १८ करोड, चितवनमा साढे २८ करोड भन्दा बढी र रुपन्देहीमा साढे ३८ करोड अनियमितता भएको भेटिन्छ ।
कान्तिपुरबाट































प्रतिक्रिया