काठमाडौं १६, भदौ
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उप–नेता टोपबहादुर रायमाझीले आफ्नो पार्टीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पनि चुनावी तालमेल गर्ने खुलासा गरेका छन् । "/>

“एमालेसँग पनि तालमेल हुन सक्छ” – टोपबहादुर रायमाझी

“एमालेसँग पनि तालमेल हुन सक्छ” – टोपबहादुर रायमाझी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं १६, भदौ
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उप–नेता टोपबहादुर रायमाझीले आफ्नो पार्टीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पनि चुनावी तालमेल गर्ने खुलासा गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै रायमाझीले भने ,‘हामी सबै दलसँग चुनावी तालमेल वा सहकार्य गर्न तयार छौं, यो विषयमा हामी छलफल गरेर एउटा टुँगोमा पुग्छौं ।’ उनले चुनावी तालमेलको लागि सबैसँग खुल्ला छलफल गर्ने यदि सहमति नभए पार्टीले एक्लै पनि चुनाव लड्ने स्पष्ट पारेका छन् । त्यस्तै उनले चुनावको लागि भनेर पार्टीले अहिल्यै नै यो पार्टी वा त्यो पार्टी भनेर कुनै पार्टीलाई पनि प्राथमिकतामा नराखेको जिकिर गरे । उनले भने,‘सबै पार्टी हाम्रो लागि प्राथमिकतामा छन्, एमालेसँगपनि हामी तालमेल गर्छौं, संभावना छ ।’ २ नम्बर प्रदेशको चुनावमा आफ्नो पार्टीले पहिलो स्थान हाँसिल गर्ने उनले दावी गरे ।
हिमालय टाइम्सबाट

Skip This
Skip This
Logo