काठमाडौं १६, भदौ

जनसंख्या तथा वातावरणमन्त्री मिथिला चौधरीले सन् २०२२ सम्म सम्पूर्ण घरधुरीमा कम्तीमा जैविक ऊर्जाको स्वच्छ खाना पकाउने प्रवद्र्धन गरी घर भित्रको धुवाँमुक्त नेपाल बनाउने सरकारको लक्ष्य रहेको बताएकी छिन् । "/>

नेपाल २०२२ सम्म घरभित्रको धुवाँमुक्त हुने

नेपाल २०२२ सम्म घरभित्रको धुवाँमुक्त हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं १६, भदौ

जनसंख्या तथा वातावरणमन्त्री मिथिला चौधरीले सन् २०२२ सम्म सम्पूर्ण घरधुरीमा कम्तीमा जैविक ऊर्जाको स्वच्छ खाना पकाउने प्रवद्र्धन गरी घर भित्रको धुवाँमुक्त नेपाल बनाउने सरकारको लक्ष्य रहेको बताएकी छिन् ।

नेपाल स्वच्छ ऊर्जा चुलो सञ्जालको दोस्रो साधारणसभाको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले सन् २०३० सम्ममा ठोस जैविक इन्धन प्रयोग गर्ने सम्पूर्ण घरधुरीमा आधुनिक स्वच्छ ऊर्जाको सुनिश्चितता गर्ने गरी सरकारले जैविक ऊर्जा नीति ल्याएको जानकारी दिइन् । मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले ऊर्जाको बढ्दो मागलाई सम्बोधन गर्न जैविक ऊर्जालाई नेपालको भरपर्दो, सुलभ तथा दिगो ऊर्जाका रुपमा विकास गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए । वरिष्ठ चिकित्सक डा. मृगेन्द्रराज पाण्डेले घरभित्रको धुवाँको प्रदूषणबाट वर्षेनी हजारौंको अकालमा ज्यान जाने गरेकाले सबै घरधुरीमा स्वच्छ ऊर्जाको पहुँच पु¥याउन आवश्यक रहेको उल्लेख गरे ।
साधारणसभाले नौ सदस्यीय नेतृत्व परिषद् गठन गर्नाका साथै जनवरी २० लाई स्वच्छ ऊर्जा दिवसका रुपमा मनाउने निर्णय गरेको छ । रासस

Logo