काठमाडौं १६, भदौ
नेपालमा सुन तस्करीका घटनाहरु अब नयाँ रहेनन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले १५ किलो सुन सहित बिहिबार सात जनालाई पक्राउ गरेको छ । चीनबाट भित्रिएको २२ किलो अवैध सुन मध्ये १५ किलो मात्रै बरामद भएको हो । काठमाडौं सामाखुसीबाट १४ किलो र जनकपुरबाट १ किलो गरी १५ किलो सुन नियन्त्रणमा लिइएको हो । २२ किलो सुन स्टोर गरेर थोरै परिमाणमा बाहिरिँदै गरेको सूचनाका आधारमा प्रहरीले सामाखुसीमा छापा मार्दा १४ किलो बरामद भएको थियो भने १ किलो भारततर्फ निकासी हुँदै गरेको अवस्थामा जनकपुरबाट बरामद गरेको हो । ‘२ किलो काठमाडौंवरिपरि भएको सूचना छ, २ किलो सीमापारी पुगिसकेको सूचना छ भने बाँकी ३ किलोको विषयमा पनि नेपालभित्रै भएको सूचना छ,’ सीआईबी प्रमुख डीआईजी कार्कीले भने । यसले सुरक्षा निकायलाई चुनौती थपिएको बताइएको छ ।
राजधानीबाट































प्रतिक्रिया