प्रम देउवाद्वारा महाकाली चार लेन पुलको शिलान्यास

प्रम देउवाद्वारा महाकाली चार लेन पुलको शिलान्यास

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १५ भदौ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले देशको सुदूर पश्चिमी जिल्ला कञ्चनपुरको नेपाल(भारत सीमामा स्थित महाकाली नदीमा निर्माण हुने चार लेनको पक्की पुलको बिहीबार शिलान्यास गरेका छन् ।

झण्डै तीन अर्बको लागतमा निर्माण हुने ४ लेनको पुलको लम्बाई ८ सय मिटरको हुनेछ । यो पुल तीन वर्षभित्र निर्माण सम्पन्न भइसक्ने बताइएको छ ।

शिलान्यास कार्यक्रमा बोल्दै प्रधानमन्त्री देउवाले ‘अब पश्चिमबाट समेत नेपालको समृद्धि र विकासको ढोका खुलेको’ विचार व्यक्त गरे ।

उनले भने, ‘महाकाली नदीमा पुल र दोधारा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाहले पश्चिम नेपालको विकासको ढोका खुलेको छ । यो पश्चिम नेपाल मात्र नभइ देशकै समृद्धिका लागि महत्वपूर्ण विकास परियोजना हो । लामो समयको प्रतीक्षा सकिएको छ । अब सुदूरपश्चिमवाट विकास अभियान सुरु भएको छ ।’

हालैको आफ्नो भारत भ्रमणले ‘दुई देशबीचको सम्वन्ध निकै ठूलो उचाइमा पुर्‍याएको’ बताउँदै प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा सुदूरपश्चिममा ठूलो प्राविधिक शिक्षालय स्थापना हुने, गौरीफण्टा नाकाको स्तर उन्नति गरिने लगायतका बिषयहरुमा महत्वपूर्ण सहमति भएको पनि उनले बताए ।

 

(तस्बिर–रासस)

Logo