काठमाडौं , १५ भदौ
स्थानीयवासी र काठमाडौं महानगरपालिका बीच सहमति भएपछि बुधबारबाट उपत्यका लगायत १८ वटा स्थानीय निकायको फोहोर सिसडोल स्थित ल्याण्डफिल साइटमा व्यवस्थापन हुन थालेको छ । गत मंगलबार स्थानीय र कामपा बीच सहमति भएपछि बुधबारबाट फोहोर व्यवस्थापन हुन थालेको हो । बिहान कामपा र ललितपुर महानगरपालिकाको फोहोर बोकेका कन्टेनरहरु सिसडोल पुगेका छन् । बाटो मर्मत गर्ने , लामोसमय देखि रोकिएको मुआब्जा वितरणलाई स्थानीय निकायबाट अघि बढाउने, फोहोर लैजादा बाटोमा खसाल्ने कार्य रोक्ने, ल्याडफिल साइटमा नियमित औषधी छर्कने, फोहोर व्यवस्थापन गरेको स्थानमा ग्याबिन गर्ने लगायतका विषयमा सहमति भएपछि बुधबारबाट फोहोर व्यवस्थापन सुचारु भएको हो ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया