चितवन, १५ भदौ
जिल्लामा वर्षेनी दूध उत्पादन बढ्दै गएको छ ।

जिल्ला पशुसेवा कार्यालयका अनुसार पछिल्लो पाँच वर्षको अन्तरालमा जिल्लामा कूल १० हजार ६९६ मेट्रिक टन दूध उत्पादनमा वृद्धि भएको छ । "/>

चितवनमा दुध उत्पादनमा उल्लेख्य वृद्धि

चितवनमा दुध उत्पादनमा उल्लेख्य वृद्धि

केन्द्रबिन्दु
0
Shares

चितवन, १५ भदौ
जिल्लामा वर्षेनी दूध उत्पादन बढ्दै गएको छ ।

जिल्ला पशुसेवा कार्यालयका अनुसार पछिल्लो पाँच वर्षको अन्तरालमा जिल्लामा कूल १० हजार ६९६ मेट्रिक टन दूध उत्पादनमा वृद्धि भएको छ ।
गत आवमा मात्र चार हजार ४१४ मेट्रिक टन दूध उत्पादनमा वृद्धि भएको कार्यालय प्रमुख डा डिल्लीराम सेढाईंले जानकारी दिए । दूध उत्पादनका हिसाबले चितवन अब्बल बन्दै आएको छ । आव २०६९/७० मा जिल्लामा ७९ हजार ५१५ मेट्रिक टन दूध उत्पादन भएको थियो । आव २०७३/७४ मा दूध उत्पादन वृद्धि भएर ९० हजार २११ मेट्रिक टन पुगेको सेढाईंले बताए । आव २०७०/७१ मा ८२ हजार ९३० मेट्रिक टन, आव २०७१/७२ मा ८४ हजार ७७ तथा आव २०७२/७३ मा ८५ हजार ७९७ मेट्रिक टन दूध उत्पादन भएको तथ्यांक छ । यहाँ दैनिक करिब दुई लाख ५० हजार लिटर दूध उत्पादन हुने गरेको छ । यहाँ उत्पादित दूध राजधानी लगायत अन्य जिल्लामा समेत बिक्रीका लागि पठाउने गरिएको छ ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo