काठमाडौं, १५ भदौ
आगामी मंसीर १० मा हुने प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले हिजोबाट लागू हुने गरी निर्वाचन आचार संहिता, २०७२ लागू गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा हिजो बसेको आयोगको बैठकले निर्वाचन आचार संहिता लागू गर्ने निर्णय गरेको हो । साथै, बैठकले यसको जानकारी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सबै मन्त्रालय तथा संवैधानिक निकायहरुलाई जानकारी गराउने समेत निर्णय गरेको छ ।
उम्मेदवारको हकमा भने आचार संहिता मनोनयन दर्ता भएको मिति देखि लागू हुने निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया