नेपालगन्ज, १५ भदौ
सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले सञ्चार संस्थाको यथोचित सुधारका लागि सबै खाले प्रयास अघि बढाइने बताएका छन् । "/>

सञ्चार संस्थाको यथोचित सुधार गरिनेछ – सञ्चार राज्यमन्त्री

सञ्चार संस्थाको यथोचित सुधार गरिनेछ – सञ्चार राज्यमन्त्री

केन्द्रबिन्दु
0
Shares

नेपालगन्ज, १५ भदौ
सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले सञ्चार संस्थाको यथोचित सुधारका लागि सबै खाले प्रयास अघि बढाइने बताएका छन् ।

नेपाल प्रेस युनियन, बाँकेद्वारा नेपालगन्ज विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले श्रमजीवी पत्रकारको माग सरकारले सम्बोधन गर्दै जाने बताउँदै स्थानीय तहका सञ्चार संस्थाले भोग्नुपरेको समस्या प्रति पनि सरकार गम्भीर रहेको बताए । राज्यमन्त्री विष्टले बाढीका कारण समस्यामा परेकाको उचित व्यवस्थापनका लागि सबै स्रोत परिचालन गरी राहतका कार्यक्रम सञ्चालनमा ल्याइएकाले यसमा सरकारलाई सबै पक्षबाट सहयोग हुनुपर्नेमा जोड दिए ।

यसैबीच, नेपाल पत्रकार महासंघ, बाँके शाखाका अध्यक्ष ठाकुरसिंह थारुले राज्यमन्त्री विष्टलाई तीनबुँदे आग्रह पत्र बुझाएका छन् । महासंघको कार्यालयमा आयोजित समारोहमा राज्यमन्त्री विष्टलाई बुझाइएको आग्रहपत्रमा शाखाको अधुरो भवन निर्माणलाई पूरा गर्न मन्त्रालयबाट आवश्यक सहयोग हुनुपर्ने, राष्ट्रिय पत्रकारिता प्रशिक्षण प्रतिष्ठान स्थापना गर्नुपर्ने र मोफसलका सञ्चार संस्थाका प्रगतिका लागि केन्द्रीकृत विज्ञापन नीति खारेज गरी स्थानीय विज्ञापन स्थानीय सञ्चार संस्थालाई उपलब्ध गराइनुपर्ने विषय उल्लेख गरिएको छ ।त्यसअवसरमा राज्यमन्त्री विष्टले महासंघको आग्रहलाई आफूले गम्भीरतापूर्वक लिएको र यस सम्बन्धमा आवश्यक पहल गरिने आश्वासन दिए। रासस

 

Logo