काठमाडौं, १४ भदौ
भूकम्पले क्षतिग्रस्त विद्यालय निर्माणका लागि केन्द्रीय आयोजना एकाइले चालू आर्थिक वर्षका लागि ८ अर्ब रुपियाँ माग गरेको छ। "/>

क्षति भएका सबै विद्यालय बनाउन ८ अर्ब माग

क्षति भएका सबै विद्यालय बनाउन ८ अर्ब माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १४ भदौ
भूकम्पले क्षतिग्रस्त विद्यालय निर्माणका लागि केन्द्रीय आयोजना एकाइले चालू आर्थिक वर्षका लागि ८ अर्ब रुपियाँ माग गरेको छ। २ हजार विद्यालय पुनर्निर्माण गर्न एकाइले सो रकम माग गरेको हो ।
गत आवमा २ हजार ४ सय ५६ विद्यालय पुनर्निर्माण सम्पन्न गरेको एकाइले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग उक्त रकम माग गरेको हो। एकाइले आगामी दुई वर्षभित्र भूकम्पले ध्वस्त र क्षतिग्रस्त भएका ७ हजार ५ सय विद्यालय पुनर्निर्माण गरिसक्ने योजनाअनुसार सरकारसँग रकम माग गरेको जनाएको छ। एकाइ प्रमुख सहसचिव इमनारायण श्रेष्ठले स्थानीय तहमा विद्यालयहरू हस्तान्तरण भइसकेको अवस्थामा जतिसक्दो चाँडो विद्यालय पुनर्निर्माण गर्ने योजनाअनुसार रकम माग गरेको जानकारी दिए। उनका अनुसार विद्यालय व्यवस्थापन समिति मार्फत् पुनर्निर्माण भइरहेका ६ सय ६८ वटा भवन मंसिर महिनाभित्र तयार भइसक्नेछन्। भूकम्पले क्षतिग्रस्त भएका देशभरका ७ हजार ९ सय २३ विद्यालय मध्ये कतिपय समायोजन भई करिब ७ हजार ५ सय विद्यालय मात्र पुनर्निर्माण गर्न बाँकी रहेको एकाइले जनाएको छ। विद्यालय व्यवस्थापन समिति मार्फत् अहिले ३ सय २४ वटा टेन्डर प्रक्रियामा गएको र १ सय ७७ वटा निर्माण सम्पन्न हुने क्रममा रहेको एकाइले जनाएको छ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo