नेपालगन्ज, १४ भदौ
नेपालगन्जमा एकै दिन धेरै मन्त्रीको आगमन हुँदा प्रहरीलाई स्कर्टिङका लागि दौडादौड नै हुने गरेको छ। "/>

नेपालगन्जमा भिआइपिको भिड

नेपालगन्जमा भिआइपिको भिड

केन्द्रबिन्दु
0
Shares

नेपालगन्ज, १४ भदौ
नेपालगन्जमा एकै दिन धेरै मन्त्रीको आगमन हुँदा प्रहरीलाई स्कर्टिङका लागि दौडादौड नै हुने गरेको छ। मध्य र सुदूरपश्चिमको केन्द्रबिन्दु भएकाले नेपालगन्जमा दैनिक दुईभन्दा बढी भीआईपी आएको पाइन्छ। गत आइतबार एकै दिन तीन जना मन्त्रीको नेपालगन्जमा आगमन हुँदा प्रहरीलाई दौडादौड नै भएको थियो। त्यसअघि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सोमबार युवा तथा खेलकुदमन्त्रीको जिल्ला भ्रमण रहेको थियो। आ–आफ्ना दल र मन्त्रालय मातहतका कार्यालयहरूको कार्यक्रममा आएका मन्त्रीलाई प्रहरीले आफैं खोजेर सुरक्षा दिनुपर्छ।
शेरबहादुर देउवाकै मन्त्रिमण्डलका एक जना मन्त्रीले हालै बाँकेको छिमेकी जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गाडी नपठाएको भन्दै धम्क्याएपछि त झन् प्रहरी–प्रशासन सतर्क बनेर मन्त्री जिल्ला झर्नेबित्तिकै अगाडि पर्ने या स्कर्टिङ लगाउने गरेका छन्। बाँकेमा एकै दिन सात जनासम्म भीआईपी आएको जिल्ला प्रहरी कार्यालयको कार्यशाखामा रेकर्ड रहेको छ। पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री र बहालवाला मन्त्रीलाई प्रहरीले खोजीखोजी स्कर्टिङ लगाउने गर्दछ। स्थानीय निकायको चुनावका बेला जिल्लामा सात जना यस्ता भीआईपी आउँदा प्रहरीलाई गाडीको ठूलो समस्या भएको थियो।
नेपाल समाचारपत्रबाट

Logo