काठमाडौँ १४, भदौ
रानीपोखरी मध्यभागमा अवस्थित बालगोपालेश्वर मन्दिर आगामी कात्तिकसम्म पनि पुनर्निर्माण सम्पन्न नहुने देखिए पछि यो वर्ष तिहारमा मन्दिर नखुल्ने भएको छ । प्रत्येक वर्ष भाइटीकाको दिन खुल्ने यस मन्दिर यसपालि पुनर्निर्माण सम्पन्न भइनसक्ने भएपछि अर्को वर्ष मात्र सर्वसाधारणका लागि खुल्ने भएको हो । ऐतिहासिक मन्दिर ०७२ को शक्तिशाली भूकम्पका कारण पूर्ण क्षतिग्रस्त बनेको थियो । मन्दिर अघिल्लो वर्षको भाइटीकामै सर्वसाधारणको प्रवेशका लागि तयार पार्ने योजना काठमाडौं महानगरपालिकाको थियो । उसले थालेको पुनर्निर्माण नियम विपरीत भएको भन्दै पुरातत्व विभागले एक वर्षअघि निर्माण कार्य रोकेर आफैंले जिम्मा लिएको छ ।
राजधानीबाट





























प्रतिक्रिया