काठमाडौँ १४, भदौ

नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । "/>

क्रान्तिकारीको नयाँ नेतृत्वका लागि आज निर्वाचन

क्रान्तिकारीको नयाँ नेतृत्वका लागि आज निर्वाचन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ १४, भदौ

नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । बिहान १० बजेदेखि अपराह्न ४ बजे सम्म निर्वाचन हुने निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिए । क्रान्तिकारीमा पहिलो पटक नेतृत्वका लागि निर्वाचन हुन लागेको अध्यक्ष नरेन्द्र न्यौपानेले बताएका छन् । नयाँ नेतृत्वका लागि अध्यक्षमा अनिल शर्मा र रञ्जित तामाङ चुनावी मैदानमा उत्रिएका छन् । तेत्तीस पदाधिकारी सहित २४३ नयाँ केन्द्रीय समिति निर्वाचनले चयन गर्नेछ । निर्वाचनमा दुई हजार १५ मतदाता सहभागी हुनेछन् । यही भदौ ७ गतेदेखि भएको २१ औँ सम्मेलन अन्तर्गत निर्वाचन कीर्तिपुरस्थित त्रिवि सभाहलमा हुनेछ । रासस

Logo