काठमाडौँ १४, भदौ
गृहमन्त्री जनार्दन शर्माले लामो समयदेखि फाइल रोकिने गरेको गुनासो आएको भन्दै त्यसरी अड्काउने प्रवृत्ति अन्त्य गर्न निर्देशन दिएका छन् ।
आर्थिक वर्ष २०७३/०७४ को वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति बैठकमा उनले एक वर्षसम्म फाइल अड्किने गरेको गुनासो आएको बताउँदै त्यस्तो प्रवृत्ति अन्त्य गर्न निर्देशन दिएका हुन् ।
‘हरेक बिहान साँढे १० बजे सबै विभागीय प्रमुख फाइल लिएर मेरो कार्यकक्षमा आउनुस्,’ कर्मचारीलाई निर्देशन दिँदै मन्त्री शर्माले भने, ‘तपाईहरूले सक्ने फाइलको निर्णय तपाईहरू गर्नुस्, नसक्ने फाइल माथि मैले निर्णय लिनेछु ।’ नेपाली कागजमा टिप्पणी उठाएर सेवा प्रवाहमा ढिलाई गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिदै उनले एकै ठाउँमा बसेर निर्णय गर्न, एकैपटक हस्ताक्षर गर्न र सबै फाइल मन्त्री कोठामा ल्याउन निर्देशन समेत दिएका छन् ।
राजधानीबाट































प्रतिक्रिया