चार हजार रिट्वीट नआए गर्भपतन गर्ने धक्की

चार हजार रिट्वीट नआए गर्भपतन गर्ने धक्की

केन्द्रबिन्दु
0
Shares

माइक्रो ब्लगिङ समाजिक संजालको रुपमा रहेको ट्विटरले धेरै अभियानहरुलाई सार्थक गरेको उदाहरणहरु छन् । ट्विटरकै कारण अरब स्प्रिङ आन्दोलन सफल हुनुका साथै अन्य देशमा पनि ठुला र साना राजनीतिक, समाजिक परिवर्तन सफल भएका थिए ।

ट्विटरको यही क्षमतालाई बुझेर एक युवतीले हालै एउटा अनौठो प्रस्तावलाई आफ्नो ट्विटर ह्याण्डल मार्फत् प्रस्तुत गरिन् । @saipanting ट्विटर ह्याण्डलवाट ति युवतीले आफु चार महिनाको गर्भवती रहेको र यदी आफ्नो यो फोटोलाई ४ हजार पटक रिट्विट नआए गर्भपतन गर्ने धम्की दिईन् ।

ट्विटरमा आएको यो अस्वभाविक ट्विटले धेरै किसिमको प्रतिक्रियाहरु पाउँदै गए । कतिले उनलाई मुर्ख भने भने कसैले उनी प्रति सहानुभुती पनि देखाए ।

उनले ४ हजार रिट्विट पनि पाईन् तर धेरैले उनी गर्भवती साँच्चिकै रहेको नरहेको पत्तो पाउन सकेनन् । ट्विटरमै उनका केही तस्विरहरु हेर्दा उनी गर्भवती रहेको जस्तो भने देखिदैनथ्यो । एजेन्सी

Skip This
Skip This
Logo