काभ्रे भदौ १३
काभ्रेको खोपासीस्थित नरसिंह मठको ४६ रोपनी जग्गा नेपाल विद्युत् प्राधिकरणले अतिक्रमण गरेको आरोप लगाइएको छ ।
सर्वोच्च अदालतको २०५२ जेठ २५ गतेको पूर्ण इजलासको फैसलाबाट नेपाल विद्युत् प्राधिकरणले पनौती जलविद्युत् आयोजना सञ्चालन गर्दा गुठीका सरोकारवालालाई नराखेको भन्दै प्राधिकरणको आयोजना सम्बन्धी कार्य बदर गरिएको थियो । आयोजनाले लिएको जग्गामध्ये कित्ता नं ६४१ र ६४३ का जग्गामा प्राधिकरणले कर्मचारी आवासगृह र पाइप लाइन बिछ्याएको छ । कानुनअनुसार अधिग्रहण गरेर मुआब्जा वितरण भइसकेको मठको अन्य ७० रोपनी जग्गा बाहेकको यो जग्गाको नियतवश प्राधिकरणले आफ्नो नाममा दर्ता गराएको आरोप मठका महन्त रामचन्द्र भारतीको छ । गुठी संस्थानका प्रवक्ता सरोज थपलियाले पनि प्राधिकरणले गुठी जग्गा अतिक्रमण गरेको बताउँदै भने– ‘लगत अभिलेख हेर्दै नहेरी प्राधिकरणले ठूलो परिमाणको गुठी जग्गा आफ्नो नाममा दर्ता गराएको छ ।’
गोरखापत्रबाट





























प्रतिक्रिया