काठमाडौं, १३ भदौ
कृषि विकास मन्त्रालयले तराईका बाढीपीडित कृषकका लागि राहत प्याकेज घोषणा गरेको छ।
मन्त्रालयले बाढी प्रभावित ३० जिल्लामा तत्काल एक अर्ब २५ करोड पाँच लाख ६० हजार रुपैयाँको राहत कार्यक्रम लैजाने जानकारी दिएको छ। तर यो कार्यक्रम कार्यान्वयनका लागि राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयको स्वीकृति आवश्यक हुन्छ। मन्त्रालयद्धारा प्रस्तावित कार्यक्रम अनुसार सबैभन्दा बढी युरिया मल अनुदान शीर्षकमा २१ करोड ३५ लाख रुपैयाँ रहेको छ। मत्स्यक्षेत्र राहत कार्यक्रमका लागि १८ करोड ८७ लाख, प्रांगारिक मल वितरणमा १७ करोड पाँच लाख, भत्केका बजार पूर्वाधार मर्मत तथा नयाँ निर्माणमा १४ करोड, तरकारी बेर्ना तथा हाइटेक ग्रिनहाउस निर्माणमा १२ करोड ८८ लाख ७५ हजार र सञ्चित खाद्यान्न तथा बीउ भण्डारणमा १२ करोड ४९ लाख रुपैयाँ प्रस्तावित गरिएको छ।
त्यस्तै गह्रा सुधार शीर्षकमा ९ करोड २९ लाख ८४ हजार, सिँचाइ पूर्वाधार मर्मतमा ७ करोड ८७ लाख, खाद्यान्न बीउ वितरणमा ५ करोड २२ लाख सात हजार, भकारो सुधारमा एक करोड २२ लाख ७२ हजार, तेलहन तथा दलहन बीउ वितरणमा १ करोड १८ लाख ७३ हजार, फलफूल ,बेर्ना तथा निजी नर्सरी पुनर्स्थापनामा १ करोड १६ लाख ५० हजार तथा विषादी वितरण तथा प्लाण्ट क्लिनिक सञ्चालनमा १५ लाख ९८ हजार रुपैयाँ बराबरको राहत कार्यक्रम लैजाने मन्त्रालयको प्रस्ताव छ।
नागरिकबाट





























प्रतिक्रिया