काठमाडौं, १३ भदौ

वाढीपहिरो पीडितलाई सरकारी राहत प्रदानमा ढिलाइ भएको गुनासो आइरहेका बेला प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा मुस्किलले साढे तीन करोड रुपैयाँ जम्मा भएको छ। "/>

दैवीप्रकोप उद्धार कोषमा साढे तीन करोड मात्रै !?

दैवीप्रकोप उद्धार कोषमा साढे तीन करोड मात्रै !?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १३ भदौ

वाढीपहिरो पीडितलाई सरकारी राहत प्रदानमा ढिलाइ भएको गुनासो आइरहेका बेला प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा मुस्किलले साढे तीन करोड रुपैयाँ जम्मा भएको छ।
बाढी, पहिरो र डुवानको दुई साता बितिसक्दा पनि राहत कोषमा इतिहासमै सबैभन्दा कम रकम जम्मा भएको हो। राहतका लागि करोडौं रुपैयाँ घोषणा गर्नेले पनि घोषणाअनुसार रकम राहत कोषमा भने जम्मा गरेका छैनन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आर्थिक प्रशासन शाखाका उपसचिव लोकबहादुर कार्कीका अनुसार हालसम्म कोषमा तीन करोड ६२ लाख ७६ हजार नौ सय रुपैयाँ मात्रै जम्मा भएको छ।
‘घोषणा गरेकाले पनि उद्धार कोषमा रकम जम्मा नगरिदिँदा कोषमा रकम बढ्न सकेको छैनु, उपसचिव कार्कीले भने । २७ साउनदेखि तराई लगायत मुलुकका विभिन्न ३३ जिल्लामा आएको बाढी, पहिरो र डुवानका कारण अर्बौ क्षति भएको छ भने हालसम्म १ सय ५९ जनाको मृत्यु भएको छ। यसैगरी, २८ जना बेपत्ता छन् भने ४५ जना घाइते छन् ।
अन्नपूर्णपोष्टबाट

Logo