भदौ १३, काठमाडौं
नेपालमा पहिलोपटक हेपाटाइटिस ‘सी’विरुद्धको औषधि उत्पादन सुरु भएको छ । म्याग्नस फर्माले पहिलोपटक हेपाटाइटिस ‘सी’ भएका बिरामीको उपचारमा प्रयोग हुने ‘सोफोसबिभिर’ औषधि ‘सोफुभिर’ नामबाट बजारमा ल्याएको जनाएको हो ।
म्याग्नसका बजार निर्देशक सुधीरप्रकाश मास्केले हेपाटाइटिस ‘सी’विरुद्धको औषधि नेपालमा बनाउनु ठूलो उपलब्धि र चुनौती भएको बताए । उनले भने, ‘हामीले हेपाटाइटिस ‘सी’विरुद्धको औषधि उत्पादन गर्न दुई वर्षदेखि लागिरहेका थियौँ । यसमा औषधि व्यवस्था विभागले पनि सहयोग गरेका कारण उत्पादनमा सफल भएका छौँ । यसलाई नेपाल र नेपालीको ठूलो उपलब्धि मान्नुपर्छ ।’ हेपाटाइटिस ‘सी’को औषधिको मूल्य निकै महँगो पर्ने भएका कारण सामान्य नेपालीले स्वास्थ्य उपचार पाउन निकै कठिन हुँदै आएको मास्केले बताए । म्याग्नस फर्माले स्वदेशमै उत्पादन गरेको औषधिको मूल्य आठ सय छ । हाल नेपालमा भारतबाट आयात गरिएको एउटा ट्याबलेटको १ हजारदेखि १२ सय रुपैयाँसम्म पर्ने मास्केले बताए ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया