भदौ १३, नुवाकोट
जिल्लाको दुप्चेश्वर गाँउपालिकाको वडा नं. ६ समुन्द्रटारमा रहेको सुनचाँदी पसलबाट २६ तोला सुन चोरी भएको छ। "/>

२६ तोला सुन चोरी

२६ तोला सुन चोरी

केन्द्रबिन्दु
0
Shares

भदौ १३, नुवाकोट
जिल्लाको दुप्चेश्वर गाँउपालिकाको वडा नं. ६ समुन्द्रटारमा रहेको सुनचाँदी पसलबाट २६ तोला सुन चोरी भएको छ। विदुर नगरपालिका वडा नम्बर २ का रामशरण गहतराजले समुन्द्रटारका तिलकमान डंगोलको घरबाट सुनचाँदी पसल सञ्चालन गर्दै आएका थिए। २६ तोला सुन सहित पसलमा रहेको आधा किलो चाँदी र एक लाख रुपैयाँ समेत चोरी भएको छ। गहतराज साउन २९ गते पसल बन्द गरेर श्रीमतीको उपचारको लागि काठमाडौँ गएका थिए। सोमबार पसल खोल्दा पसलमा रहेको सुन चाँदी र पैसा नभएपछि प्रहरी चौकी समुन्द्रटारमा जानकारी गराएका थिए। सुनचाँदी पसलमा चोरी भएको जानकारी प्राप्त हुने बित्तिकै शंका लागेका व्यक्तिहरुको खोजी कार्य सुरु गरेको इलाका प्रहरी कार्यालय खरानीटारका प्रहरी निरीक्षक कृष्णबहादुर विष्टले जानकारी दिए।
नागरिकबाट

 

 

Logo