भदौ १३, मोरङ
आफ्नै काम तमाम भन्ने कथनलाई यहाँकी एक महिलाले पुष्टि गरेकी छिन् ।

आफ्नै घरमा बस्न पाए कस्तो हुन्थ्यो होला भन्ने लागिरहन्थ्यो बेलबारी–१० भाउन्नेकी ताराकुमारी भण्डारीलाई । "/>

निगुरोको व्यापारबाट मासिक १ लाख आम्दानी

निगुरोको व्यापारबाट मासिक १ लाख आम्दानी

केन्द्रबिन्दु
0
Shares

भदौ १३, मोरङ
आफ्नै काम तमाम भन्ने कथनलाई यहाँकी एक महिलाले पुष्टि गरेकी छिन् ।

आफ्नै घरमा बस्न पाए कस्तो हुन्थ्यो होला भन्ने लागिरहन्थ्यो बेलबारी–१० भाउन्नेकी ताराकुमारी भण्डारीलाई । लामो समयसम्म परिवारसहित भाडाको घरमा बस्दै आएकी भण्डारीको यो सपना पूरा भएको छ । उनको सपना साकार भने जंगलमा पाइने निगुरोले पारेको हो । ‘निगुरोको व्यापार गर्न थालेपछि हिम्मत मात्रै आएन,’ भण्डारी भन्छिन्, ‘घर बनाउने सपना पनि पूरा भएको छ ।’ अहिले उनको बेलबारीमा तीन कोठाको पक्की घर छ । जंगलबाट टिपेर ल्याएको निगुरो बेची दैनिक ५ सयदेखि ३ हजारसम्म नाफा हुने भण्डारी बताउँछिन् ।

‘जेठदेखि कात्तिक सम्म त सबै खर्च कटाएर कम्तीमा १ लाख रुपैयाँ बचत हुन्छ,’ उनले भनिन् । निगुरोको व्यापार भने चैत अन्तिम सातादेखि मंसिर सम्म हुन्छ । जेठ र असार भने निगुरोको मुख्य सिजन हो । २० देखि २५ जनाले जंगलबाट टिपेर ल्याउने निगुरो भण्डारीले किन्ने गरेकी छन् । एक जनाले ४०÷५० मुठासम्म टिप्ने गरेका छन् । ती निगुरो उनले पूर्वपश्चिम राजमार्गमा बसेर बेच्छिन् । एक दिनमा ७ सय मुठा सम्म बिक्री हुने गरेको उनी बताउँछिन् । पूर्वका विभिन्न क्षेत्रका व्यापारीसमेत निगुरो किन्न आफूकहाँ आउने उनी बताउँछिन् । व्यापारीसँग प्रतिमुठा बढीमा ३ रुपैयाँमा किनेर खुद्रा बेच्दा १० रुपैयाँसम्म प्रतिमुठा नाफा हुने उनी बताउँछिन् । नजिकै रहेको चारकोसे झाडीबाट टिपेर ल्याएको निगुरो बेचेर मनग्गे आम्दानी हुन थालेपछि भण्डारीमा हिम्मत बढ्दै गएको छ ।
राजधानीबाट

Logo