भदौ १३, कलैया
असोज २ गते हुने स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि बारामा झण्डै तीन हजारको संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी थपिने भएका छन्। निर्वाचनको मिति नजिकिदै गएपछि सफल रुपमा चुनाव सम्पन्न गर्ने रणनितिमा जुटेको दुबै सुरक्षा निकायले बाहिरबाट थप सुरक्षाकर्मी ल्याउने योजना बनाएको हो।
तीन सय चार मतदान स्थल रहेको बारामा तीन हजारको संख्यामा नेपाल प्रहरी र करिब दुई हजार सशस्त्र प्रहरी निर्वाचनको सुरक्षाका लागि खटिने भएका छन् । बारामा नेपाल प्रहरीको अहिलेको संख्या आठ सय रहेको छ । निर्वाचनका लागि दुई हजार तीन सयको संख्यामा थप प्रहरी ल्याईने जिल्ला प्रहरी कार्यलय बाराका प्रहरी उपरिक्षक राजकुमार बैदवारले जानकारी दिए।
अन्नपूर्णपोष्टबाट































प्रतिक्रिया