काठमाडौं, १२ भदौ
राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रम (एनआरआरईपी)को पहिलो चरणको कार्यक्रम सम्पन्न भएको छ । पहिलो चरणको कार्यक्रममा एनआरआरईपीका अधिकांश लक्ष्य प्राप्तीमा सरकार असफल देखिएको छ ।
भूकम्प, नाकाबन्दी लगाायतका समस्या देखाउँदै सरकारले कार्यक्रमको सुरुवातमा तोकिएको लक्ष्य अनुसारको उपलब्धी हासिल गर्न नसकेको स्वीकार गरेको छ । ग्रामीण क्षेत्रमा नवीकरणीय ऊर्जाका विभिन्न कार्यक्रमहरू लघु तथा साना जलविद्युत् आयोजना, सुधारिएको चुलो, सौर्य ऊर्जा लगायतका कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले ५ वर्षअघि सुरु भएको यस कार्यक्रमको पहिलो चरणको कार्यक्रम भर्खरै मात्रै सम्पन्न भएको छ । कार्यक्रमले तोकेको लक्ष्य मध्ये १ लाख ३० हजार वायोग्याँस प्लान्ट जडान गर्ने उद्देश्य राखे पनि ५ वर्षमा ८५ हजार ८ सय ५७ मात्रै प्लान्ट जडान भएको छ । लघु तथा साना जलविद्युत् २५ मेगावट उत्पादनको लक्ष्य राखिएकोमा ११।८ मेगाावाट मात्रै जडान भएको छ ।
यस्तै, ६ लाख घरेलु सौर्य विद्युत् प्रणाली जडान गर्ने लक्ष्य राखिएकोमा कार्यक्रमको अन्त्यसम्म ३ लाख ६२ हजारको संख्यामा मात्रै जडान गरिएको छ । ५ लाख १० हजार सुधारिएको चुलो जडान गर्ने लक्ष्य राखिएकोमा करिब ७ लाख ९ हजार सुधारिएको चुलो जडान भएको छ । सुधारिएको चुलो जडानमा भने कार्यक्रमले राखेको लक्ष्यभन्दा प्रगति बढी देखिएको छ । ४ हजार सुधारिएको पानी घट्ट जडान गर्ने लक्ष्य राखिएकोमा ३ हजार ७१ जडान भएको छ । संस्थागत सौर्य विद्युत् प्रणाली १५ सय ५० को संख्यामा जडान गर्ने लक्ष्य राखिएकोमा जम्मा ६ सय ९१ मात्रै प्रगति देखिएको छ । ४ हजार १ सय मझौला साना लघु उद्योग स्थापना गर्ने लक्ष्य राखिएकोमा करिब १२ सय मात्रै जडान भएको छ । एईपीसीको तथ्यांकअनुसार नवीकरणीय ऊर्जासम्बन्धी परियोजनाका ७ वटा कार्यक्रममध्ये एउटाको मात्रै लक्ष्यभन्दा प्रगति बढी देखिएको र अन्य ६ शीर्षकका कार्यक्रममा भने लक्ष्यअनुसारको प्रगति हासिल हुन सकेको छैन ।
कारोबारबाट































प्रतिक्रिया