काठमाडौं, १२ भदौ
संसद सचिवालयको एक समूहले संसदको महासचिव र सचिवहरुको मासिक तलब, भत्ता र विविध शीर्षकका नाममा सुविधा नेपाल सरकारका मन्त्रीको भन्दा झन्डै दोब्बर हुने गरी वृद्धि गर्न कानुनको मस्यौदा तयार गरेको छ । "/>

सचिवहरूको तलब मन्त्रीको भन्दा धेरै

सचिवहरूको तलब मन्त्रीको भन्दा धेरै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १२ भदौ
संसद सचिवालयको एक समूहले संसदको महासचिव र सचिवहरुको मासिक तलब, भत्ता र विविध शीर्षकका नाममा सुविधा नेपाल सरकारका मन्त्रीको भन्दा झन्डै दोब्बर हुने गरी वृद्धि गर्न कानुनको मस्यौदा तयार गरेको छ ।

संसदको महासचिवले मासिक न्यूनतम एक लाख एक लाख १७ हजार रुपैयाँ र सचिवले तलबभत्ता मात्र मासिक ९० हजार रुपैयाँभन्दा बढी प्राप्त गर्ने उल्लेख छ । महासचिव र सचिवका तलब, भत्ता बाहेक फर्निचर र पोशाकभत्ता (एकमुष्ठ) बाहेक उनीहरुले सहयोगी खर्च, सुरक्षा गार्ड, दैनिक भ्रमण भत्ता, चाडपर्व खर्च, नेता भत्ता, बिजुली धारा पानी, सवारी साधन तथा इन्धन, सहयोगी भर्ना खर्च, आवास सुविधा र उपचार खर्च समेत प्राप्त गर्ने प्रस्ताव छ । यी रकम समेत जोड्दा उनीहरुको तलब मन्त्रीको भन्दा झन्डै दोब्बर हुने देखिएको हो । हालको कानुन अनुसार एक मन्त्रीले तलब, भत्ता, गरी ९० हजार रुपैयाँ प्राप्त गर्दै आएका छन् । मस्यौदाअनुसार महासचिबका लागि पारिश्रमिक प्रतिमहिना ५७ हजार सात सय ८०, विशेष भत्ता एक हजार, सञ्चार सुविधा तीन हजार, आवास सुविधा २४ हजार दुई सय ६८, बिजुली धारा (सरकारी घर नभएको अवस्थामा) दुई हजार, इन्धन दुई हजार लिटर, मोविल त्रैमासिक ६ लिटर, मोटर मर्मत सम्भार पाँच हजार रुपैयाँ (एकमुस्ठ प्रतिबर्ष), पोशाक भत्ता १० हजार रुपैयाँ, फार्निचर ५० हजार रुपैयाँ पाउने उल्लेख छ ।
अन्नपूर्णपोष्टबाट

Skip This
Skip This
Logo