गुल्मी, १२ भदौ
गुल्मीको दरमखोला लघु जलविद्युत् परियोजनाको अस्थायीरुपमा विद्युत् सेवा आजदेखि सञ्चालन भएको छ ।

पहिरोले बगाएको बाँध तथा नहरलाई अस्थायीरुपमा नहर निर्माण गरेपछि विद्युत् सेवा सञ्चालन भएको विद्युत् सञ्चालक समितिका अध्यक्ष धर्मेन्द्रकुमार मल्लले जानकारी दिए । "/>

अवरुद्ध जलविद्युत् परियोजना सुचारु

अवरुद्ध जलविद्युत् परियोजना सुचारु

केन्द्रबिन्दु
0
Shares

गुल्मी, १२ भदौ
गुल्मीको दरमखोला लघु जलविद्युत् परियोजनाको अस्थायीरुपमा विद्युत् सेवा आजदेखि सञ्चालन भएको छ ।

पहिरोले बगाएको बाँध तथा नहरलाई अस्थायीरुपमा नहर निर्माण गरेपछि विद्युत् सेवा सञ्चालन भएको विद्युत् सञ्चालक समितिका अध्यक्ष धर्मेन्द्रकुमार मल्लले जानकारी दिए । पचासी किलोवाट क्षमता भएको विद्युत् परियोजना सञ्चालन भएसँगै नगरपालिकाको वडा नं २, ७, ८ र छिमेकी जिल्ला बागलुङको बडिगाड गाँउपालिकाको वडा नं २ गरी चार वटा वडाका झण्डै ९ सय घरधुरीका उपभोक्ताले बिजुली बाल्न पाएका छन् । विद्युत् सेवा सञ्चालन भएपछि बिजुली बत्ती, उद्योगधन्दा, कलकारखाना, कुटानी पिसानी, सञ्चारमाध्यम लगायत विद्युुतीययन्त्र समेत सञ्चालनमा आएका छन् । जलविद्युत् परियोजना गत तीन हप्ता देखि सोही वडाकै बसेरीका विभिन्न ठाउँमा माथिबाट खसेको पहिरोले विद्युत् नहरको बाँधलाई बगाएपछि अवरुद्ध भएको थियो । रासस

Logo