काठमाडौं १२ भदौ
दसैं आउन एक महिना अघि नै आन्तरिक उडान गर्ने जहाज कम्पनीहरुले टिकट बुकिङ भइसकेको जनाएका छन् । घटस्थापनादेखि टीकाको भोलिपल्ट सम्मका टिकटमा ७० देखि शतप्रतिशत बुकिङ भइसकेको एयरलाइन्स कम्पनीले बताएका हुन् ।
विगतमा एक महिनाअघि २० प्रतिशत मात्रै टिकट बुकिङ हुने भए पनि यस वर्ष सुगम र पहाडी क्षेत्रमा उडान गर्ने जहाजको टिकट बुकिङमा चाप देखिएको छ । नेपालीको महान् चार्ड र पर्यटक सिजन एकैपटक पर्ने भएकाले पनि टिकट बुकिङ ह्वात्तै बढेको यती एयरलाइन्सका बजार व्यवस्थापक भीम राईले जानकारी दिए । ‘तुम्लिङटारको टिकट सकिइसकेको छ, राईले भने, ‘ विराटनगर, भरतपुर, जनकपुर, भद्रपुर र पोखराका लागि ३० प्रतिशत टिकट बुकिङ हुन बाँकी छ । धनगढी, नेपालगन्ज र भैरहवाको टिकट पाउन सहज भए पनि अन्य ठाउँको टिकट बुकिङ सकिसकेको उनले बताए । यती एयरलाइन्सले एउटा एटीआर र ६ वटा जेट स्ट्रिम विमानमार्फत आन्तरिक उडानतर्फ आठ वटा गन्तव्यका सेवा दिइरहेको छ ।
‘टिकट बुकिङ दर दिनदिनै बढ्दो छु, उनले भने, ‘१० दिनपछि पहाडी क्षेत्रसँग जोडिएका गन्तव्यमा टिकट पाउन कठिन हुनेछ । हवाईयात्रुको चाप बढ्दो छ । सडक सञ्जालमा देखिएको समस्याकै कारण जहाजको टिकटमा चाप देखिएको उनको भनाइ छ । कतिपय यात्रुले पहिले नै टिकट बुकिङमा सस्तो फेयर आउने भएका कारण जहाजकै टिकट बुकिङ गरेको हुन सक्ने उनको भनाइ छ ।
अन्नपूर्णपोष्टबाट





























प्रतिक्रिया