अछाम १२ भदौ
अछाम बुढीगङ्गा नदिमा बगेर एक जना बेपत्ता भएका छन् । अछाम साफेबगर नगरपलिका ४ का ५२ वर्षीय प्रकाश कुँवर नदीले बगाउँदा बेपत्ता भएका हुन् ।गाउँले आफन्तको मलामी गएका कुँवरलाई नुहाउने क्रममा नदिले बगाएको आफन्तले बताएका छन् । स्थानीय बासिन्दा, साँफेबगर स्थित सशस्त्र प्रहरी बल खप्तड गुल्म र प्रहरीको सक्रियतामा खोजी कार्य भैरहेको ईलाका प्रहरी कार्यालय साँफेका प्रहरी इन्स्पेक्टर महेन्द्र कलौनीले बताए ।
बेपत्ता भएका कुँवरका तीन छोरा र दुई छोरी रहेका छन् ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया