रसुवा १२ भदौ
०७२ बैशाख १२ को विनासकारी भूकम्पले भत्काएको जिल्ला अस्पताल पुनःनिर्माण हुन नसक्दा २७ महिनादेखि टेन्टमै सञ्चालन भइरहेको छ।
सदरमुकाम धुन्चेस्थित जिल्लाको एक मात्र अस्पताल समयमै पुनर्निर्माण हुन नसक्दा २७ टेन्टमा सीमित भएको हो। जिल्ला अस्पताल निर्माणकोे जिम्मेवारी नेपाल रेडक्रस सोसाइटीले लिएको थियो। अस्पताल भवन निर्माणको जिम्मेवारी लिएको रेडक्रसले भवन निर्माणको काम अझै पूरा गरेको छैन। पूर्व सम्झौताअनुसार गत असार मसान्तमा नै अस्पताल निर्माण सकेर हस्तान्तरण गर्नुपर्ने थियो। समयमै भवन निर्माण नसकिँदा बिरामी तथा स्वास्थ्यकर्मीले सास्ती खेप्न बाध्य भएका छन्। आवश्यक भौतिक संरचनाको अभावमा स्वास्थ्यकर्मीलाई सेवा प्रवाह गर्न समेत समस्या भएको उनको भनाइ छ। संरचनाको अभावले विशेषगरी सुत्केरी सेवा, दन्त स्वास्थ्य सेवा र एक्सरे सेवामा समस्या भएको छ। सोसाइटीले मंसिरदेखि ४ करोड २४ लाखको लागतमा निर्माण कार्य सुरु गरेको हो। निर्माणाधीन भवनमा अस्पतालको लागि १५ कोठा र कर्मचारीका लागि चार निवास निर्माणाधीन छन्।
नागरिकबाट





























प्रतिक्रिया