काठमाडौं ,१२ भदौ
नेपालमा खाना पकाउने ग्यास ढुवानी गरिदिए बापत भारतीय बुलेट व्यवसायीहरुले वार्षिक तीन अर्ब भन्दा बढी रकम लैजाने गरेका छन् । भारतका १० व्यवसायीले नेपालबाट वार्षिक रूपमा यो परिमाणमा रकम हात पार्दै आएका हुन् ।
बुलेट मार्फत ग्याँस ढुवानी गर्न भारतका ठुल्ठूला व्यवसायी संलग्न छन् । भारतको १० जना व्यवसायीको ६ सय ५० भन्दा बढी भारतीय नम्बर प्लेटका बुलेटले नेपालमा ग्याँस ढुवानी गर्दै आएका छन् । सबैभन्दा बढी रमेश बत्रा नामक व्यवसायीको बुलेट नेपालमा सञ्चालनमा छन् । बत्राले मात्रै तीन सय ७० थान बुलेटबाट ग्याँस ढुवानी गरे बापत वार्षिक डेढअर्ब भन्दा बढी रकम नेपालका एलपीजी ग्याँस उद्योगीबाट लिँदै आएका छन् । नेपाल एलपीजी उद्योग संघका अनुसार बत्रा वाहेक नेपालमा राधेश्याम अग्रवालको सय, इण्डो नेपाल एलपीजी बल्क ढुवानी संघका अध्यक्ष सतिश शर्माको ३५, जसविन्द्र सिंहको ५०, नरेन्द्र सिंहको ५०, आकाश जैनको ३०, एसएलआर ट्रान्सपोर्टको ४४ लगायत सहित अन्य भारतीय व्यक्तिको ६ सय ५० भन्दा वढी बुलेटले नेपालमा ग्याँसको ढुवानी सम्बन्धी कारोबार गर्दै आएको छ । एउटा ढुवानीकर्ता व्यवसायीको बुलेट नेपालका पाँचदेखि १० वटा बोटलिङ तथा रिफिलिङ उद्योगले प्रयोगमा ल्याउँदै आएका छन् ।
अन्नपूर्णपोष्टबाट































प्रतिक्रिया