काठमाडौं १२ भदौ
नेकपा (माओवादी) केन्द्रले ३४ सदस्यीय हेडक्वाटर विघटन गरेको छ । पार्टीको निर्णयलाई व्यवस्थित बनाउन हेडक्वार्टर विघटन गरी केन्द्रीय सचिवालयलाई कार्यकारी अंग बनाइएको प्रवक्ता पम्फा भुसालले बताइन् । "/>

माओवादी केन्द्रको हेडक्वार्टर विघटन

माओवादी केन्द्रको हेडक्वार्टर विघटन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं १२ भदौ
नेकपा (माओवादी) केन्द्रले ३४ सदस्यीय हेडक्वाटर विघटन गरेको छ । पार्टीको निर्णयलाई व्यवस्थित बनाउन हेडक्वार्टर विघटन गरी केन्द्रीय सचिवालयलाई कार्यकारी अंग बनाइएको प्रवक्ता पम्फा भुसालले बताइन् ।

आइतबार बसेको पार्टी हेडक्वार्टरको अन्तिम बैठकले पार्टीको सबै अधिकार सचिवालयलाई दिएको उनले जनाइन । सचिवालय ९९ सदस्यीय हुनेछ । यसअघि हेर्डक्वार्टर सर्वोच्च निकायको रुपमा रहेको थियो । अन्य पार्टीबाट प्रवेश गर्नेलाई पनि ९९ भित्रै समेटिने भुसालले बताइन् । रुपान्तरित सचिवालयको पहिलो बैठक १६ भदौमा बस्ने भएको छ । बैठकले प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी र लोकमणि ढकाल नेतृत्वको जनजागरण पार्टीले माओवादी केन्द्रको चुनाव चिन्हमा भाग लिन पाउनुपर्ने प्रस्तावलाई स्वीकृत समेत गरेको छ । नयाँपत्रिकाबाट

Logo